लोकवहादुर टण्डनको अगुवाईमा सुरु भएको चक्रपथ सरसफार्इ महा-अभियानले शनिवारदेखि ५५ औं हप्ता पुरा भएको छ । सफाइ अभियानले फोहोर संकलन गरि सबैमा सचेतना समेत आव्हान गरिरहेको छ ।
प्रत्येक हप्ताशनिबार बिहान ७ देखि ९ बजे सम्म फोहर संकलन अभियानमा काठमाडौ महानगरपालिका , टोखानगरपालिका , नेप्सेम्याक,लायन्स क्लब , ग्रिनसिटी अस्पताल, यतिहेल्थ साइन्स एकेडेमी, आमा समुह ,होटल ब्यबसायी संघ , हिमालय बाताबरण सस्था , पत्रकार ,कलाकार , राजनीतिज्ञ , प्रहरी सशस्त्र प्रहरी , नेपाली सेनाको समेत सहभागिता हुने गरेको छ । बिभिन्न संघसंस्थाको सहयोगमा स्वतःस्फूर्त रुपमा सरसफाई अभियान सञ्चालन हुदै आएको छ । कार्यक्रममा अपाङ्गहरुको बिसेष सहभागिता समेत रहेको थियो ।
ग्रिनसिटी अस्पतालको सयोजनमा प्रारंभ गरिएको सफाई अभियानबाट ५५ औ हप्तामा १८ टन फोहोर संकलन गर्यो भने २५० अभियान्तको सहभागिता रहेको थियो ।

